पोखरा । कास्कीको पोखरामा चार जना कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरास्थित गण्डकी मेडिकल कलेजमा दुई जना, फिस्टेल अस्पतालमा एकजना र मणिपाल अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
गण्डकी मेडिकल कलेजमा पोखरा महानगरपालिका–१४ का ७४ वर्षीय पुरूषको मंगलबार बिहान ७ः२५ बजे र पोखरा–१५ का ६७ वर्षीय पुरूषको बुधबार बिहान ४ः२० बजे मृत्यु भएको निर्देशनालयले जनाएको छ । ७४ वर्षीय पुरूषमा मंसिर १७ र ६७ वर्षीय पुरूषमा मंसिर २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
यस्तै पोखरा महानगरपालिका–१६ की ५९ वर्षीया महिलाको फिस्टेल अस्पतालमा बुधबार बिहान ५ः२० बजे मृत्यु भएको उनले बताए । उनीमा मंसिर १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यस्तै पोखरा महानगरपालिका-१३ का ७७ वर्षीय पुरुषको मंगलबार राती १:१५ बजे उपचारका क्रममा मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको निर्देशनालयले जनाएको छ ।
उनमा गत मङ्सिर २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको छातिमा समस्या रहेको थियो ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७६ पुगेको छ ।
सम्बन्धित खबर
२६औँ आहा ! रारा पोखरा गोल्डकप माघ ५ गतेदेखि
र्याफ्टिङमा पोखराको अपर सेतीमा पर्यटकको आकर्षण
पोखरा–दुबई उडानको एक वर्षको टिकट बुकिङ खुला
संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञहरूद्वारा सुझाव संकलन
पोखरा बस दुर्घटनाको छानबिन गर्न महानगरले बनायो समिति
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते