किरण श्रेष्ठ, तनहुँ । तनहुँको व्यास नगरपालिकाको वडा नम्बर १ को तालघरे र वडा नम्बर १० जोड्ने बुल्दि खोला माथि निर्मित पुलको उद्घाटनको विषयलाई लिएर विरोध भएको छ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बुधबार दिउँसो १ बजे उद्घाटन गर्ने भनिएको उक्त पुलको नेपाल कम्युनिष्ट पार्टी नेकपाको राष्ट्रिय युवा संघ नेपाल, तनहुँले विरोध गरेको छ ।
युवा संघले नाराबाजीसंगै र दमौलीदेखि बुल्दी पुल र पुलदेखि जिल्ला प्रशासन कार्यालय, तनहुँसम्म मोटरसाईकल र्याली गरेको थियो ।
त्यस्तै, नेपाली काँग्रेस निकट नेपाल तरुण दलले पनि ठुलो सङ्ख्यामा युवा परिचालन गर्न लागेपछि दमौलीमा तनावको स्थिति सिर्जना भएको छ । अवस्था सामान्य बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँले बुधबार दिउँसो निषेधाज्ञा जारी गरेको छ ।
साँझ ६ बजेसम्म निषेधाज्ञा जारी
दुबै समूहबीच झडप हुने सम्भावना देखिएकाले निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले बताए ।
बुधबार मध्याह्न १२ बजेबाट लागू हुने गरी साँझ ६ बजेसम्म पुल र आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गरिएको प्रजिअ आचार्यले बताए । ‘एउटा समूहले जसरी पनि पुल उद्घाटन गर्ने भन्ने, अर्को समूह जसरी पनि रोक्ने भन्छ ।’ प्रजिअ आचार्यले भने – ‘त्यसैले निषेधाज्ञा गर्ने निर्णय गरिएको हो ।’
झडप र तनाव हुन नदिन निषेधाज्ञा जारी गरेपनि पृथ्वी राजमार्गको यातायात आवागमनमा समस्या नहुने प्रजिअ आचार्यले बताए । त्यसक्षेत्रमा सशस्त्र र जनपथ प्रहरी परिचालन गरिएको छ ।
तत्कालीन जिविसको एसएनआरटिपी परियोजनाअन्र्तगत निर्मित पुल २०७३ वैशाखबाट निर्माण सुरु भएर २०७५ कार्तिकमा सकिएको थियो । दुई करोड ५४ लाख रुपैयाँमा निर्मित पुलको निर्माण सकिए तापनि वारीपारीको सडक कालोपत्रे र अन्य संरचना बनौन बाँकी रहदा पुल उद्घाटन भएको थिएन ।
संयोजकसहित ६ जना नियन्त्रणमा
प्रहरीले राष्ट्रिय युवा संघ तनहुँका संयोजक ईश्वर बस्यालसहित ६ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरुमा सहसंयोजक भगवान श्रेष्ठ, ज्ञानेन्द्र बसौला, बादल आले, राजु पोख्रेल, सुर्य बहादुर केसी रहेका छन् ।
विरोधको नारा लगाउँदै जिल्ला प्रशासन कार्यालय तनहुँ पुगेका टोलीमध्ये ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
सम्बन्धित खबर
प्रतिभा माविमा वक्तृत्वकलाः सिजन प्रथम
करेन्ट लगाएर माछा मार्दा लमजुङका २६ वर्षीय युवकको मृत्यु
पत्रकार विजय नेपाललाई ‘जितप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार’
पोखरा २ मा २२६ ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण
उद्यमी महिलालाई आत्मनिर्भर बनाउन काम गर्छौ : मुख्यमन्त्री अधिकारी
नि:शुल्क बाल स्वास्थ्य शिविरबाट तीन सय बढी लाभान्वित
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग