पोखराका २९ वर्षीय युवकसहित ४ जनाको कोरोनाबाट मृत्यु पुष्टि

पोखराका २९ वर्षीय युवकसहित ४ जनाको कोरोनाबाट मृत्यु पुष्टि

pokhara

पोखरा – कोरोना संक्रमणका कारण शुक्रबार पोखराका थप ४ जनाको मृत्यु पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा आज जारी विज्ञप्ति अनुसार पोखरा महानगरपालिकाका ४ जना कोरोना संक्रमितको मृत्यु पुष्टि भएको अस्पतालका निर्देशक प्रा.डा अर्जुन आचार्यले जानकारी दिए ।

मृतकहरु पोखरा महानगरपालिका वडा नं -९ निवासी ६८ वर्षीय पुरुष, पोखरा -२१ निवासी ७५ वर्षीय पुरुष, पोखरा -१७ का २९ वर्षीय युवक र पोखरा -१३ का ५५ वर्षीय पुरुष रहेको विज्ञप्तिमा जनाइएको छ । यो संगै गण्डकीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १३५ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ