‘नेकपा फुट्यो भने प्रचण्डका कारण फुट्छ’ भन्ने विवादित अभिव्यक्तिसहितको अन्तर्वार्ता अनलाइनखबरमा प्रकाशित भएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ विवादित बनेका छन् । नेकपाका गण्डकी प्रदेश ईञ्चार्ज समेत रहेका गुरुङले यो अभिव्यक्ति दिएपछि पूर्व माओवादी खेमा पूरै चिढिएका छन् भने पूर्व एमालेभित्र पनि केपी ओली गुटका कार्यकर्ताले मात्र समर्थन गरेको देखिन्छ । मुख्यमन्त्री गुरुङ केपी पक्षकै हुन् ।
विवादमा परेपछि मुख्यमन्त्री गुरुङले आफ्ना प्रेस संयोजकमार्फत प्रष्ट पार्ने कोसिस गरेका छन् । उनले आफ्नो अभिव्यक्तिलाई अतिरञ्जित पारिएको स्पष्ट पारेका छन् । प्रेस संयोजक विक्रम न्यौपानेले सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेखेका छन्,‘पार्टी अन्तर संघर्ष सम्बन्धमा मुख्यमन्त्रीज्यूको अभिव्यक्ति अतिरञ्जित र उत्तेजक शीर्षकमा समाचार बनेर आएछ, वास्तवमा मुख्यमन्त्रीज्यू पार्टी एकगठनका लागि मरिमेटेर लागिरहनु भएको छ ।’
न्यौपानेले मुख्यमन्त्रीको अभिव्यक्ति कुनै खास नेतालाई दोष दिने खालको नभएको दाबी गरेका छन् । उनले मुख्यमन्त्रीले कुनै खास नेतालाई दोष दिने धारणा नबोक्ने र पार्टी एकता मजबुत बनाउने नै मुख्यमन्त्रीको धारणा भएको उल्लेख गरेका छन् । साथै समाचार शीर्षकको भरमा अभिव्यक्तिलाई नबुझिदिनुहुन स्टाटसमा अनुरोध गरिएको छ । न्यौपानेले सो स्टाटस मुख्यमन्त्री गुरुङलाईसमेत ट्याग गरेका छन् ।

सम्बन्धित खबर
चक्रवात ‘अर्नब’को प्रभाव नेपालतिर सोझिँदै, गण्डकीसहित तीन प्रदेशका हिमाली क्षेत्रमा ‘रेड अलर्ट’
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
दसैँ अवधिमा सवारी दुर्घटनाबाट देशभर १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते
चक्रवातको प्रभावले नेपालमा शुक्रबार र शनिबार भारी वर्षा हुने
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते
रवि भारततर्फ, भने- ‘भाकल पूरा गर्न भारत जान लागेको हुँ, राजनीतिक खिचडी नपकाउनुहोला’
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
तनहुँमा बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २१ वर्षीय राना पक्राउ