‘नेकपा फुट्यो भने प्रचण्डका कारण फुट्छ’ भन्ने विवादित अभिव्यक्तिसहितको अन्तर्वार्ता अनलाइनखबरमा प्रकाशित भएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ विवादित बनेका छन् । नेकपाका गण्डकी प्रदेश ईञ्चार्ज समेत रहेका गुरुङले यो अभिव्यक्ति दिएपछि पूर्व माओवादी खेमा पूरै चिढिएका छन् भने पूर्व एमालेभित्र पनि केपी ओली गुटका कार्यकर्ताले मात्र समर्थन गरेको देखिन्छ । मुख्यमन्त्री गुरुङ केपी पक्षकै हुन् ।
विवादमा परेपछि मुख्यमन्त्री गुरुङले आफ्ना प्रेस संयोजकमार्फत प्रष्ट पार्ने कोसिस गरेका छन् । उनले आफ्नो अभिव्यक्तिलाई अतिरञ्जित पारिएको स्पष्ट पारेका छन् । प्रेस संयोजक विक्रम न्यौपानेले सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेखेका छन्,‘पार्टी अन्तर संघर्ष सम्बन्धमा मुख्यमन्त्रीज्यूको अभिव्यक्ति अतिरञ्जित र उत्तेजक शीर्षकमा समाचार बनेर आएछ, वास्तवमा मुख्यमन्त्रीज्यू पार्टी एकगठनका लागि मरिमेटेर लागिरहनु भएको छ ।’
न्यौपानेले मुख्यमन्त्रीको अभिव्यक्ति कुनै खास नेतालाई दोष दिने खालको नभएको दाबी गरेका छन् । उनले मुख्यमन्त्रीले कुनै खास नेतालाई दोष दिने धारणा नबोक्ने र पार्टी एकता मजबुत बनाउने नै मुख्यमन्त्रीको धारणा भएको उल्लेख गरेका छन् । साथै समाचार शीर्षकको भरमा अभिव्यक्तिलाई नबुझिदिनुहुन स्टाटसमा अनुरोध गरिएको छ । न्यौपानेले सो स्टाटस मुख्यमन्त्री गुरुङलाईसमेत ट्याग गरेका छन् ।

सम्बन्धित खबर
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
बाढीका मृतकको गहना लुट्नेहरू पक्राउ, हुनसक्छ ७ वर्षसम्म जेल
बाढीपीडितका लागि कर्मचारीको तलबबाट ३६ करोड योगदान गरिने, बिदामा पनि काम गर्नुपर्ने
लायन्सद्वारा बाढीपीडितका लागि १ करोड प्रारम्भिक सहयोग
नवलपरासीको गण्डक क्षेत्रमा शव भेटिन थाले, अहिलेसम्म ३५९ जनाको शव भेटियो
पृथ्वी राजमार्गमा यातायात ठप्प, सडकमा थुप्रिएको लेदो हटाउने काम जारी
यो पनि पढौँ
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो