पोखरा। कास्कीको मादी गाउँपालिका–६ तप्राङका गङ्गाधर पौडेलका १३ वर्षीय छोरा विशाल पौडेलको उपचारमा रकम अभाव भएपछि परिवारले सहयोगको याचना गरेका छन् ।
गत साउन २८ गते राति घरमै सुतिरहेको अवस्थामा बिषालु सर्प कालो करेतले डसेपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार शुरु गरिएकामा उपचार प्रक्रिया लम्बिदै जाँदा रकम अभाव भएपछि परिवारले सहयोगका लागि आग्रह गरेका हुन् ।
डसाईपछि गम्भीर बिरामी पौडेलको अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेकामा उपचारमा अर्थाभाव रहेको र काठमाडौँ लैजान आर्थिक अभावमा नसकिएको उहाँका दाजु महादेव पौडेलले बताए । बिरामी पौडेल महारुद्र मावि तप्राङमा कक्षा आठमा अध्ययनरत छन् ।
कोमाबाट १९ दिनपछि फर्किएका पौडेलको मुख र आँखा चलेपनि आज ४० दिनसम्म होसमा आउन नसकेको र चिकित्सकले काठमाडौँ लैजान सिफारिस गरेपनि पैसाको अभाव भएको उनले बताए ।
भाइको उपचारमा हालसम्म आठ लाख हाराहारीमा खर्च भएको बताउँदै कमजोर आर्थिक अवस्थाका कारणले थप उपचार अघि बढाउन नसकिएको पौडेलले जानकारी दिए । उनले भने,“डाक्टरले तीन दिनअघिनै भाईलाई काठमाडौँको न्यूरो अस्पताल लैजान भन्नुभएको छ तर त्यहाँ उपचार गर्न सक्ने हाम्रो परिवारको अवस्था छैन । सहयोगी दाताहरुले केही रकम सहयोग गरे शिक्षण अस्पतालसम्म भएपनि लैजाने योजनामा छौँ ।” पौडेलले भाईको उपचारमा सक्दो सहयोग गरिदिन समेत सबैमा याचना गरेका छन् ।
उपचारमा आर्थिक सहयोग सङ्कलनका लागि अहिले मादी गाउँपालिका वडा नं ६ का स्थानीयवासीले सहयोग सङ्कलन अभियान शुरु गरेका छन् । विशाल पौडेल बचाउन अभियान शुरु गरी स्वेच्छीक रुपमा सहयोग सङ्कलन गरिएको र सहयोग आउनेक्रम जारी रहेको अभियन्ता एवं पौडेलका आफन्त सन्तोष अधिकारीले बताए ।
त्यसैगरी वडा कार्यालयले समेत सूचना जारी गरी पौडेलको उपचारमा सघाउन सङ्घ संस्था तथा व्यक्तिहरुमा आग्रह गरेको छ ।
सहयोग गर्न इच्छुक व्यक्तिहरुले भाइ शिवराज पौडेलको नाममा मुक्तिनाथ विकास बैँङ्क काहुुँखोला शाखामा रहेको खाता नं ०२६२१६००४९१५५००००००१ मा जम्मा गर्न वा ९८०३२६०३०७ मा सम्पर्क गर्न आग्रह गरिएको छ ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो