पोखरामा कार्यरत प्रहरीसहित थप १७ जनामा कोरोना पुष्टि

पोखरामा कार्यरत प्रहरीसहित थप १७ जनामा कोरोना पुष्टि

Police Corona

पोखरा । सोमबार पोखरामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि  भएको छ । स्वास्थ्य निर्देशनालयको सोमबारको पहिलो अद्यावधिक विवरण अनुसार पोखराका ६ वडाका १७ जनासहित गण्डकी प्रदेशमा थप १९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा पोखरा महानगरपालिका वडा नम्बर का ४५, ३७, २४, २९, २३ वर्षीय पुरुष, पोखरा वडा न.१७ का ३३, २७, २४ वर्षीय पुरुष, पोखरा वडा न.३३ का २३ वर्षीय पुरुष, पोखरा वडा न.१४ का २८, २५, ३७ वर्षीया महिला तथा २६, ४६, ६ वर्षीय पुरुष, पोखरा वडा न. ७ का ४४ वर्षीय पुरुष, पोखरा वडा न.८ का २१ वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका- ४ र १७ का ७  जना कार्यरत  प्रहरी हुन् । पोखरा महानगरपालिका- ३३ का २३ बर्षीय पुरुष, १४ का ३६ बर्षीय पुरुष, १७ का २७ बर्षीय पुरुष भारतबाट र ७ का ४४ बर्षीय पुरुष जापानबाट आई क्वारेन्टाइनमा बसेका थिए

महानगरपालिका- ८ का २१ बर्षीय महिला पोखरा महानगरपालिमा कार्यरत स्वास्थ्यकर्मी हुन ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ