आइतबार पोखराका थप २ जनामा कोरोना संक्रमण भेटिएको छ । आइतबार स्वास्थ्य निर्देशनालयको पहिलो अद्यावधिक विज्ञप्ति अनुसार पोखरा महानगरपालिका २ वडाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा पोखरा १६ का २० वर्षीया महिला, पोखरा ९ का ७० वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको छ ।
पोखरा महानगरपालिका-१६ का २० बर्षीय महिला पश्चिमान्चल सामुदायिक अस्पतालमा कार्यरत कर्मचारी पोखरा -९ का ७० बर्षीय पुरुष पोखरा महानगरपालिका स्थित मणिपाल अस्पतालमा उपचाररत बिरामी भएको निर्देशनालयले खुलाएको छ ।
कास्कीमा हालसम्म ५९० संक्रमित फेला परेको छ, जसमध्य २३३ जना निको भएर घर फर्किसकेको छन् भने सक्रीय् संक्रमित ३४८ रहेको छ । कास्कीमा अहिले सम्म ९ कोरोना संक्रमितको मृत्यु भएको छ ।
गण्डकीमा थप ५ जिल्लाका ३२ सन्क्रमित् थपिएका छन् । यो संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या २९३५ पुगेको छ ।
सम्बन्धित खबर
पोखरामा धुवाँको कालो मुस्लो फ्याँक्ने ११ गाडी नियन्त्रण
गण्डकीका मुख्यमन्त्री अधिकारीको २३ गते विश्वासको मत लिने तयारी
सूर्य दर्शन सहकारीका दुई जनालाई थुनामै राख्ने आदेश सदर
पोखराको बिजुली पसल गोदाममा आगलागी हुँदा ८० लाख बढीको क्षति
पोखरामा छोरीसँग झगडा गरेको भन्दै युवतीमाथि हतियार प्रहार गर्ने स्याङ्जाका सोम प्रकाउ
पोखरामा अवैध लागु औषधसहित २ जना पक्राउ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग