पोखरा – कोरोना संक्रमणका कारण मंगलबार थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं १० निवासी ७३ वर्षीया महिला रहेकी छन् ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार गत भाद्र २२ गते कोरोना संक्रमण पुष्टि भइ प्रतिष्ठानको कोभिड -१९ उपचार केन्द्रको आइसीयु कक्षमा उपचाररत ती महिलाको मंगलबार दिउँसो ३:५० बजेको समयमा उपचारको क्रममा मृत्यु भएको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले पुष्टि गरे ।
वृद्धा बिरामी भएपछि पोखराकै मेडिप्लस अस्पतालमा भर्ना भएकी थिइन्। उनलाई कोरोना संक्रमण भएको आशंकामा अस्पतालका चिकित्सकले स्वाब परीक्षण गर्न पठाएको थियो। कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएपछि उनलाई सोमबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको पोखरा महानगरका स्वास्थ्य अधिकृत हरिलाल आचार्यले बताए।
कोरोना पोजेटिभ भइ प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु हुनेमा उनी नवौं महिला हुन् । अहिलेसम्म गण्डकीमा कोरोना भाइरस रोगबाट २१ जनाको मृत्यु भइसकेको छ । त्यसमध्ये कास्कीका ७ जनाको ज्यान गएको छ ।

यसअघि, हिजो काठमाण्डौमा मृत्यु भएकी महिलाको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज मृत्यु पुष्टि गरेको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका १ निवासी ६३ वर्षीया महिलाको उपचारका क्रममा भदौ २१ गते वीरेन्द्र अस्पताल छाउनीमा मृत्यु भएको हो ।
उनलाई ब्रेन ट्युमर तथा मृगौलाको समस्या रहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी दिएको छ । मृतक महिलालाई भदौ १९ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला