शनिबार बिहानै पोखराका २२ जनामा कोरोना संक्रमण पुष्टि

शनिबार बिहानै पोखराका २२ जनामा कोरोना संक्रमण पुष्टि

Pokhara beautyy

पोखरा – शनिबार पोखरा महानगरका २२ जनामा एकैपटक कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालयको आजको पहिलो अद्यावधिक विवरण अनुसार पोखराका ९ वडाका २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा पोखरा ७ का १३ वर्षका युवक र १४ वर्षीया युवती, पोखरा १७ का २५ वर्षीय पुरुष, पोखरा १५ का २८ र ४५ वर्षका पुरुष, पोखरा ६ का ३० वर्षीय पुरुष र ३७ वर्षीया महिला, पोखरा १४ का ४१ र ४४ वर्षका पुरुष, पोखरा २४ का ३१ वर्षीय पुरुष, पोखरा १६ का १७ वर्षीय युवक सहित ५२ र ४८ वर्षका पुरुष र १७ वर्षीया युवती लगायत २४, ३७, ४२, ४९ र ६६ वर्षीया महिला र पोखरा १० का ६३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै पश्चिमान्चल सामुदायिक अस्पताल पृथ्वीचोकमा कार्यरत २ जना २५ र २९ वर्षीया महिला कर्मचारीको परीक्षण रिपोर्ट पनि पोजेटिभ देखिएको निर्देशनालयले जनाएको छ ।

आज पुष्टि भएका मध्ये पोखरा १७ का २५ वर्षका पुरुष सहित पोखरा १५ का २८ वर्षीय पुरुष, पोखरा १४ का ४१ र ४४ वर्षीय पुरुष र पोखरा २४ का ३१ वर्षीय पुरुष हालै भारत भारतबाट आएका हुन् भने, पोखरा १६ का ५२ वर्षीय संक्रमित पुरुष डाँफे सहकारी संस्थामा कार्यरत कर्मचारी रहेका छन् ।

आज संक्रमण पुष्टि भएका मध्ये भारतबाट आएका बाहेक अन्य सबै कन्ट्याक्ट ट्रेसिङ मार्फत पहिचान भएका हुन् । उनीहरु सबैलाई आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 3 seconds