पोखरा – शनिबार पोखरा महानगरका २२ जनामा एकैपटक कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालयको आजको पहिलो अद्यावधिक विवरण अनुसार पोखराका ९ वडाका २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा पोखरा ७ का १३ वर्षका युवक र १४ वर्षीया युवती, पोखरा १७ का २५ वर्षीय पुरुष, पोखरा १५ का २८ र ४५ वर्षका पुरुष, पोखरा ६ का ३० वर्षीय पुरुष र ३७ वर्षीया महिला, पोखरा १४ का ४१ र ४४ वर्षका पुरुष, पोखरा २४ का ३१ वर्षीय पुरुष, पोखरा १६ का १७ वर्षीय युवक सहित ५२ र ४८ वर्षका पुरुष र १७ वर्षीया युवती लगायत २४, ३७, ४२, ४९ र ६६ वर्षीया महिला र पोखरा १० का ६३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै पश्चिमान्चल सामुदायिक अस्पताल पृथ्वीचोकमा कार्यरत २ जना २५ र २९ वर्षीया महिला कर्मचारीको परीक्षण रिपोर्ट पनि पोजेटिभ देखिएको निर्देशनालयले जनाएको छ ।
आज पुष्टि भएका मध्ये पोखरा १७ का २५ वर्षका पुरुष सहित पोखरा १५ का २८ वर्षीय पुरुष, पोखरा १४ का ४१ र ४४ वर्षीय पुरुष र पोखरा २४ का ३१ वर्षीय पुरुष हालै भारत भारतबाट आएका हुन् भने, पोखरा १६ का ५२ वर्षीय संक्रमित पुरुष डाँफे सहकारी संस्थामा कार्यरत कर्मचारी रहेका छन् ।
आज संक्रमण पुष्टि भएका मध्ये भारतबाट आएका बाहेक अन्य सबै कन्ट्याक्ट ट्रेसिङ मार्फत पहिचान भएका हुन् । उनीहरु सबैलाई आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।

सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ