छिमेकी ९ वर्षकी बालिका बलात्कार गर्ने पोखरा १० रामबजार, मिलनचोक निबासी ५५ वर्षीय रेस बहादुर गुरुङ स्याङ्जाबाट पक्राउ परेका छन् । उनले छिमेकी नौ वर्षीया बालिकालाई विगत ४-५ महिना अघिदेखि यौन शोषण गर्दै आएको प्रहरीले जानकारी दिएको छ ।
स्याङ्जा बिरुवा गाउँपालिका वडा नं ०७ घर स्थायी घर भएका गुरुङ भुपु भारतीय आर्मी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी जिवनकुमार श्रेष्ठले जानकारी दिए । कास्की प्रहरीको टोलीले स्याङ्जाका प्रहरीसँग समन्वय गरी अभियुक्तलाई स्याङ्जा नै पुगेर पक्राउ गरी पोखरा ल्याएको हो । स्याङ्जा बिरुवा गाउँपालिका वडा नं ०८ टोड्केमा लुकिछिपी बसेको अवस्थामा उनलाई पक्रिएको हो ।
कास्की प्रहरीले जबर्जस्ती करणीको अभियोगमा म्याद थप गरी मुद्दा दायर गरेर कारबाही प्रकृया अगाडि बढाएको जनाएको छ । शुक्रबार नै बालिकाका परिवारले प्रहरीमा किटानी जाहेरी दिएको थियो ।
आरोपित व्यक्ति तत्काल फरार भएका थिए । अभिभावक नभएका बेला गुरुङले बालिकाविरुद्ध यस्ता हर्कत गर्थे । बालिकाका परिवारले बलात्कार गर्ने गरेको थाहा भएपछि कानुनी उपचार खोज्दै जब प्रहरी कहाँ पुग्यो, यसबारे थाहा हुनासाथ उनी पोखराबाट भागेको बताइएको छ ।
सम्बन्धित खबर
२६औँ आहा ! रारा पोखरा गोल्डकप माघ ५ गतेदेखि
र्याफ्टिङमा पोखराको अपर सेतीमा पर्यटकको आकर्षण
पोखरा–दुबई उडानको एक वर्षको टिकट बुकिङ खुला
संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञहरूद्वारा सुझाव संकलन
पोखरा बस दुर्घटनाको छानबिन गर्न महानगरले बनायो समिति
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते