पोखरा महानगरमा शुक्रबार दिउँसो फेरि ११ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । यसअघि दुई पटकको सूचनामा ३ र २ जना गरी ५ जना थपिसकेका छन् । यससँगै अहिलेसम्म थप १६ जना पोखरेलीमा कोरोना संक्रमण देखिएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले शुक्रबार जारी गरेको तेस्रो चरणको विज्ञप्तिमा पोखराका बैंकका कर्मचारी, ईञ्जिनियर कन्सल्टेन्सी र मोबाइल पसले सहित थप ११ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।
सङ्क्रमित हुनेमा पोखरा – २ का कामना विकास बैङ्कमा दीप शाखामा कार्यरत २५ वर्षीय पुरुष, पोखरा – ३ का एभरेस्ट बैङ्क अमर सिंह चोक शाखामा कार्यरत २९ वर्षीय पुरुष, इन्जिनियरिङ कन्सल्टेन्सीमा कार्यरत पोखरा – १४ का ३५ वर्षीय पुरुष, पोखरा – ५ का औद्योगिक क्षेत्रमा कार्यरत ३३ वर्षीय पुरुष तथा पोखरा वडा नं १ का मोबाइल पसलका सञ्चालक १८ वर्षीय पुरुष रहेको निर्देशनालयले जनाएको छ ।
शुक्रबार दिउँसो नै पोखरा ११ की ५६ वर्षीया महिला, पोखरा – १४ का २७ वर्षिय पुरुष, पोखरा १६ का १५ र ३९ वर्षीय महिला तथा ३५ र ४९ वर्षका पुरुषमा कोरोना देखिएको निर्देशनालयले जनाएको छ ।

यसअघि, शुक्रबार जारी गरेको दोस्रो चरणको विज्ञप्तिमा पोखरा १६ का ५२ र ६८ वर्षका दुई पुरुषमा कोरोना सक्रमण पुष्टि भएको थियो । निर्देशनालयले पोखराको फिस्टेल हस्पिटलबाट लक्षण देखिएपछि २ पुरुषलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको जनाएको छ । शुक्रबार बिहान नवलपुर गैँडाकोट ८ का २९ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको थियो ।

यस्तै, आजको पहिलो सूचना अनुसार पोखरा महानगरपालिकामा शुक्रबार बिहान थप ३ जनामा कोरोना सक्रमण पुष्टि भएको थियो । थप दुई पुरुष र एक महिलामा कोरोना देखिएको जनाएको छ । निर्देशनालयका अनुसार पोखरा – १७ का २८ र २९ वर्षका दुई पुरुष तथा पोखरा – ३० की ५० वर्षीया महिलामा कोरोना सक्रमण पुष्टि भएको हो । दुई पुरुष पर्यटक प्रहरी हुन् ।

यस्तै, बिहान तनहुँका २ पालिकाका ४ जना पुरुष , लमजुङका २ पालिकाका १–१ महिला पुरुष तथा नवलपुरका २ पालिकाका ५ महिला र ३ पुरुषमा समेत कोरोना पुष्टि भएको जनाएको छ । अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २०३६ पुगेको छ ।
सम्बन्धित खबर
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
सार्वजनिक सम्पत्तिप्रतिको जिम्मेवारी र अपनत्व प्रस्तुत गर्न सरसफाई: प्रदेश सांसद गुरुङ
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा