पोखरा महानगरमा शुक्रबार दिउँसो फेरि ११ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । यसअघि दुई पटकको सूचनामा ३ र २ जना गरी ५ जना थपिसकेका छन् । यससँगै अहिलेसम्म थप १६ जना पोखरेलीमा कोरोना संक्रमण देखिएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले शुक्रबार जारी गरेको तेस्रो चरणको विज्ञप्तिमा पोखराका बैंकका कर्मचारी, ईञ्जिनियर कन्सल्टेन्सी र मोबाइल पसले सहित थप ११ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।
सङ्क्रमित हुनेमा पोखरा – २ का कामना विकास बैङ्कमा दीप शाखामा कार्यरत २५ वर्षीय पुरुष, पोखरा – ३ का एभरेस्ट बैङ्क अमर सिंह चोक शाखामा कार्यरत २९ वर्षीय पुरुष, इन्जिनियरिङ कन्सल्टेन्सीमा कार्यरत पोखरा – १४ का ३५ वर्षीय पुरुष, पोखरा – ५ का औद्योगिक क्षेत्रमा कार्यरत ३३ वर्षीय पुरुष तथा पोखरा वडा नं १ का मोबाइल पसलका सञ्चालक १८ वर्षीय पुरुष रहेको निर्देशनालयले जनाएको छ ।
शुक्रबार दिउँसो नै पोखरा ११ की ५६ वर्षीया महिला, पोखरा – १४ का २७ वर्षिय पुरुष, पोखरा १६ का १५ र ३९ वर्षीय महिला तथा ३५ र ४९ वर्षका पुरुषमा कोरोना देखिएको निर्देशनालयले जनाएको छ ।

यसअघि, शुक्रबार जारी गरेको दोस्रो चरणको विज्ञप्तिमा पोखरा १६ का ५२ र ६८ वर्षका दुई पुरुषमा कोरोना सक्रमण पुष्टि भएको थियो । निर्देशनालयले पोखराको फिस्टेल हस्पिटलबाट लक्षण देखिएपछि २ पुरुषलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको जनाएको छ । शुक्रबार बिहान नवलपुर गैँडाकोट ८ का २९ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको थियो ।

यस्तै, आजको पहिलो सूचना अनुसार पोखरा महानगरपालिकामा शुक्रबार बिहान थप ३ जनामा कोरोना सक्रमण पुष्टि भएको थियो । थप दुई पुरुष र एक महिलामा कोरोना देखिएको जनाएको छ । निर्देशनालयका अनुसार पोखरा – १७ का २८ र २९ वर्षका दुई पुरुष तथा पोखरा – ३० की ५० वर्षीया महिलामा कोरोना सक्रमण पुष्टि भएको हो । दुई पुरुष पर्यटक प्रहरी हुन् ।

यस्तै, बिहान तनहुँका २ पालिकाका ४ जना पुरुष , लमजुङका २ पालिकाका १–१ महिला पुरुष तथा नवलपुरका २ पालिकाका ५ महिला र ३ पुरुषमा समेत कोरोना पुष्टि भएको जनाएको छ । अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २०३६ पुगेको छ ।
सम्बन्धित खबर
२६औँ आहा ! रारा पोखरा गोल्डकप माघ ५ गतेदेखि
र्याफ्टिङमा पोखराको अपर सेतीमा पर्यटकको आकर्षण
पोखरा–दुबई उडानको एक वर्षको टिकट बुकिङ खुला
संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञहरूद्वारा सुझाव संकलन
पोखरा बस दुर्घटनाको छानबिन गर्न महानगरले बनायो समिति
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते