व्यास नगरपालिकाका १०२ मध्ये ९५ जनाको पीसीआर रिपोर्ट नेगेटिभ

व्यास नगरपालिकाका १०२ मध्ये ९५ जनाको पीसीआर रिपोर्ट नेगेटिभ

Corona update 4

तनहुँ । तनहुँको व्यास नगरपालिकाका १०२ जनाको स्वाब संकलन गरी परीक्षण गरिएको मध्ये ९५ को रिपोर्ट नेगेटिभ आएको छ । अन्य ७ जनाको रिपोर्ट आउँन बाँकी रहेको व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सोतीले जानकारी दिए ।

गत शनिबार नगरपालिकाले जिल्ला प्रहरी कार्यालय तनहुँ, व्यास-२ स्थति बालमन्दिर र व्यास-१ रतौली र नेशनल एपोलो अस्पतालमा गरेर १०२ जनाको स्वाब सङ्कलन गरेको थियो ।

व्यास-१ को रतौलीमा एकै परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकाले शनिबार कन्ट्रयाक्ट ट्रेसिंङ गरेको थियो ।

नेशनल एपोलो हस्पिटलका एक चिकित्सक र दुई नर्सको पीसीआर रिपोर्ट नेगेटिभ आएको अस्पतालका सञ्चालक चुडामणि दाहालले बताए ।

व्यास नगरपालिकाले व्यास-१ की ६९ वर्षीया कोरोना संक्रमित वृद्धाको सम्पर्कमा आएका एपोलो हस्पिटलका एक चिकित्सक र २ जना नर्ससहित स्थानिय, जिल्ला प्रहरी कार्यालयका २७ जना प्रहरी, व्यास-१२ का कोरोना संक्रमितको परिवार र होम क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको स्वाब सङ्कलन गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ