आइतबार पोखरामा भेटिएका २२ कोरोना संक्रमित कुन-कुन वडाका ?

आइतबार पोखरामा भेटिएका २२ कोरोना संक्रमित कुन-कुन वडाका ?

pokhara

पोखरा – स्वास्थ्य निर्देशनालयका अनुसार आइतबार एकै दिन पोखरा महानगरका २२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । क्षयरोग उपचार केन्द्र र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परीक्षणमा महानगरका २२ जनामा कोरोना संक्रमण पुष्टी भएको निर्देशनालयले जनाएको छ ।

बिहान ६:२० बजेको अध्यावधिक विवरण अनुसार  वडा नं – १६ मा २२ र ३० बर्षका दुई पुरुष र २२ र ५० बर्षका दुई महिलामा कोरोना संक्रमण पुष्टी भएको छ । यस्तै, पोखरा वडा नं -५ मा पनि ३३ बर्षीया एक महिलामा कोरोना पुष्टी भएको निर्देशनालयले जनाएको छ ।

बिहान ९:३० बजेको अर्को अध्यावधिक विवरण अनुसार स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगरपालिका वडा नं – ८ मा ५२ र ५१ बर्षका दुई पुरुष, वडा नं –३२ मा ८६ बर्षका १ महिला, वडा नं – २८ मा ३८ बर्षका  १ पुरुष र  वडा नं –  २६ मा ५३ बर्षका १ पुरुषमा कोरोना संक्रमण पुष्टी भएको निर्देशनालयले जनाएको छ ।

दिउसो ३:५० बजेको अध्यावधिक विवरण अनुसार संक्रमितहरु पोखरा महानगरपालिका वडा नं -१५ का ५० बर्षका दुई महिला र पुरुष, पोखरा वडा नं -५ का ३७, ३८, ६७ र ५२ बर्षका चार जना महिला र ४१, ६४ र ७५ बर्षका तीनजना पुरुष, पोखरा वडा नं -१४ का ३७ बर्षीय पुरुष, पोखरा -१६ का १८ बर्षीय युवक र पोखरा वडा नं  -७ का ३० बर्षीय पुरुषमा कोरोना पुष्टी भएको निर्देशनालयले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 4 seconds