तनहुँ । गण्डकी प्रदेशमा एकैपटक २१ जना कोरोनाका नयाँ संक्रमित भेटिएका छन ।
स्वास्थ्य निर्देशनालयको पछिल्लो अद्यावधिक विवरण अनुसार प्रदेशका दुई जिल्ला तनहुँ र स्याङ्गजाका एकै पटक २१ जनामा कोरोना संक्रमण पुष्टी भएको निर्देशनालयले जनाएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पीसीआर परीक्षणमा तनहुँको भानु नगरपालिकामा सबैभन्दा धेरै २० जना संक्रमित भेटिएका छन । भानुको वडा नं -१ मा मात्र २७ देखि ५५ बर्ष उमेर समुहका पुरुष र ५ वर्षीया वालिका सहित ३१, २८, ३०,५६ र ३७ वर्षीया महिलामा गरी कुल २० जनामा कोरोना पुष्टी भएको हो ।
यस्तै स्याङ्गजा सदरमुकाम पुतलीबजार नगरपालिकाको वडा नं -१ मा ३९ वर्षीय पुरुषको परीक्षण रिपोर्ट पोजेटिभ आएको निर्देशनालयका प्रमुख डा. विनोद विन्दु शर्माले जानकारी दिए ।
हाल संक्रमित सबैलाई सम्बन्धित जिलाको आइसोलेसन कक्षामा लैजाने तयारी भैरहेको छ । यो संगै गण्डकीमा कोरोना संक्रमितको कुल संख्या १६८१ पुगेको छ ।
सम्बन्धित खबर
६५ वर्षीय एक पुरुष मृत फेला
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
अयरपानीमा आँधीखोला फाउन्डेसनको परिकल्पना
वन उद्यम स्थापना सम्बन्धी अभिमुखीकरण एवं कार्यशाला गोष्ठी
दोस्रो राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव शुरु
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते