तनहुँ । तनहुँको भानु नगरपालिका–१ का स्थानीयमा कोरोना संक्रमण पुष्टि भएको छ । स्थानीयमा कोरोना पुष्टि भएसंगै मंगलबारदेखि भानु नगरपालिका एक हप्ताका लागि बन्द गरिएको छ ।
कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि नगरपालिका र सम्पूर्ण वडा कार्यालयको सेवा एक हप्ताको लागि बन्द गरिएको नगरपालिकाले जनाएको छ ।
नगरवासीलाई कोरोना सङ्क्रमणको जोखिमबाट बचाउन नगरपालिका र सम्पूर्ण वडा कार्यालय आजदेखि आगामी भदौ २ गतेसम्मका लागि बन्द गरिएको नगरपालिकाका सूचना अधिकारी सुनिल पाण्डेले जानकारी दिए ।

उनका अनुसार नगरपालिकाका केही क्षेत्रमा प्रतिनिधिमूलक रुपमा गरिएको परीक्षणमा एकजनामा कोरोना सङ्क्रमण पुष्टि भएको र कार्यालयहरुमा सेवाग्राहीको भीडभाड बढेकाले सेवा बन्द गर्ने निर्णय गरिएको हो ।
नगरपालिकाभित्र रहेका सार्वजनिक सेवा प्रवाह गर्ने सङ्घसंस्था, वित्तीय संस्थाको कार्यालय पनि बन्द हुने नगरपालिकाले जनाएको छ ।
त्यसैगरी नगरपालिकाभित्र सञ्चालन हुने सार्वजनिक यातायातका साधन तथा अत्यावश्यक सेवाका वस्तु तथा सेवाहरु बन्द गर्न नगरपालिकाले अनुरोध गरेको छ ।
संक्रमितलाई पोखरा रिफर
श्वासप्रश्वासमा समस्या भएपछि कोरोना संक्रमितलाई पोखरा रिफर गरिएको छ । सोमबार भानु नगरपालिका–१ का ३४ वर्षीय स्थानीय कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।
कोरोना संक्रमित पुरुषलाई शुक्लागण्डकी नगरपालिका स्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको आइसोलेसनमा राखिएको थियो ।
उपचार केन्द्रको आइसोलेसनमा राखिएका ती पुरुषलाई ज्वरो, श्वासप्रश्वासमा समस्या देखिएपछि गण्डकी अस्पताल पोखरा रिफर गरिएको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रका निर्देशक डा.रामकुमार श्रेष्ठले जानकारी दिए ।
कन्ट्याक्ट ट्रेसिङमा १ सय २४ जनाकाे स्वाब संकलन
संक्रमित व्यक्ति ठेक्कापट्टा गर्ने स्थानीय भएको हुँदा कन्ट्याक्ट ट्रेसिङ थालिएको छ ।
उनको सम्पर्कमा आएकाको एक सय २४ जनाको मंगलबार स्वाब नमुना संकलन गरिएको भानु नगरपालिका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिए ।
‘उनी आँबुखैरेनी, डुम्रेलगायत क्षेत्रमा पुगेको तर जिल्ला बाहिर भने यात्रा नगरेको भेटिएको छ ।’ भट्टराईले भने ‘कामको सिलसिलामा बेशीशहरसम्म पुगेको हो कि भन्ने अनुमान गरिएको छ, त्यसै अनुरुप कन्ट्याक्ट ट्रेसिङ अगाडि बढाएका छौं ।’
सम्बन्धित खबर
कृषि लगानीमा लघुवित्त प्रभावकारी, जीवनस्तरमा सकारात्मक परिवर्तन
हरिनासमा आजदेखि आठौं अध्यक्ष कप खेलकुद प्रतियोगिता
पूर्वाधार नपुग्दा पञ्चासे भञ्ज्याङ सुनसान
लिफ्ट दिने बहानामा महिलामाथि दुर्व्यवहार गर्ने एक युवक पक्राउ
मुलुक परिवर्तनमा सञ्चार जगतको भूमिका स्मरणीयः प्रदेश प्रमुख भट्ट
वैशाख २६ देखि प्रथम चापाकोट क्रिकेट लिग हुँदै
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर