पोखरा । पोखरामा आजै १५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीले मंगलबार बिहान पोखराका ४ जना संक्रमित थप भएको जनाएको थियो भने साँझ ११ जना थप भएको विज्ञप्ती मार्फत जनाएको छ । यस्तै, मंगलबार पोखराकासहित कूल २५ जना संक्रमित गण्डकी प्रदेशमा थपिएका छन् ।
मंगलबार साँझ गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि गरेको छ । पोखरा–९ का ५ महिला र २ पुरुष, पोखरा–१९ का १ महिला र ४ पुरुष तथा स्याङ्जाका ४ महिला र २ पुरुषमा कोरोना भाइरस संक्रमण देखिएको जनाएको हो । ३७ वर्षकी महिलाको वडा नखुलेको भनेर ड्यास दिइएको छ । महानगर स्वास्थ महाशाखाका अनुसार उनी पनि वडा नम्बर ९ कि हुन् । सबै जना नदिपुरका संक्रमित प्रहरीका आफन्त हुन्। पोखरा महानगर स्वास्थ्य महाशाखाका अनुसार महिलाको उमेर ५७ हुनुपर्नेमा ३७ भएको छ ।
संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ ।यसअघि, बिहान पोखराका चार सहित गण्डकीमा थप ८ जना कोरोनाका नयाँ संक्रमित थपिएका थिए । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परिक्षणमा प्रदेशका तीन जिल्लाका ८ जनामा कोरोना पुष्टी भएको थियो । कास्कीको पोखरा महानगरपालिका वडा नं. ५ र ३० का ११ बर्षीय वालक र ३० बर्षीय पुरुष तथा वडा नं. ५ र १७ का ३८ र ४५ बर्षका महिलामा कोरोना पोजेटिभ देखिएको हो ।
यस्तै, बाग्लुङ नगरपालिका वडा नं. ४ र ३ निवासी २२ बर्षीया महिला र ३९ बर्षका पुरुषमा कोरोना पुष्टी भएको छ । भने, तनहुंको बन्दीपुर गाउँपालिका वडा नं. ६ र ३ का १९ र २९ बर्षका पुरुषमा कोरोना पुष्टी भएको छ ।
यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ६ सय ४८ पुगेको छ । त्यस्तै, प्रदेशमा संक्रमण मुक्त हुनेको संख्या १ हजार ४ सय ९३ पुगेको जनाइएको छ ।


सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो