पोखरा – स्याङ्जाको भालुपहाडस्थित सेती खोलामा क्षतविक्षत अवस्थामा भेटिएको बुलेट मोटरसाइकल बेपत्ता भनिएका पंकज गिरिले भाडामा लिएर चलाएको हुनसक्ने आशंका आफन्तले गरेका छन् । गिरी गएको असार १८ गते घरबाट पोखरा जान्छु भनि हिंडेकोमा एकाएक बेपत्ता बनेका थिए ।
आइतबार फेदीखोला गाउँपालिका वडा नं -२ भालुपहाडस्थित सेती खोलामा क्षतविक्षत अवस्थामा नम्बर नखुलेको बुलेट मोटरसाइकल फेला परेको थियो । फेला परेको मोटरसाइकल बेपत्ता गिरीले नै भाडामा लिएर चलाएको हुनसक्ने आशंका आफन्त सूर्य गिरीले गरेका छन् । ‘मोटरसाइकलको रङ र यसअघिको उसको गतिविधि बुझ्दा मोटरसाइकल पंकजले नै भाडामा लिएको हो भन्नेमा हामीलाई आशंका छ, गिरीले गण्डक न्यूज संग भने ।”
यस्तो थियो घटनाक्रम
स्याङ्गजा जिल्ला चापाकोट नगरपालिका -५ सेखाम घर भै हाल पोखरा महानगरपालिका -५ पर्स्याङ बस्दै आइरहेका १९ बर्षीय पंकज गिरी जनप्रिय कलेजको कक्षा १२ मा पढ्दै आइरहेका थिए । २०७६ चैत्र ८ गते बाग्लुङ जाने भन्दै आफु संगै पढेका साथी सुजन कुँवरलाई लिएर उनी लेकसाइडस्थित ‘पोखरा मोटरसाइकल रेन्ट हाउस’ मा पुगे र त्यहाँबाट एक दिनका लागि ना ४० प ३७२० नम्बरको निलो रंगको बुलेट मोटरसाइकल साथी सुजनको नाममा आफ्नो नागरिकता राखेर मोटरसाइकल लिइ बाग्लुङका लागि निस्किए । उनिहरु त्यहि साँझ बाग्लुङबाट फर्किए । तर, पंकजले मोटरसाइकल फिर्ता गरेनन, बरु थप केहिदिनका लागि आफ्नो नाउँमा बुक गरी मोटरसाइकल लिएर डेरा फर्के ।
मोटरसाइकल लिएर हिंडेका पंकज केही दिन मोटरसाइकल धनीसंग सम्पर्कमा आएनन । कहिलेकाहीं फोन उठाएका पंकजले गाउँमै छु भन्ने जवाफ दिएपनि एकदिन अचानक पोखरामै भेटिए । सवारी धनीले मोटरसाइकल फिर्ता दिन आग्रह गर्दा ब्लुबुक ल्याउन विर्सिएको भन्दै भोली भेट्ने बताए ।
भोलिपल्ट शान्तिनगरमा बोलाएर पंकजले २५ हजार रुपैयाँ मोटरसाइकल धनी ‘रेन्ट हाउस’ तर्फका आविष्कार तिमिल्सिनालाई बुझाए । तिमिल्सिनाले मोटरसाइकल बुझाउन भने तर, पंकजले इमर्जेन्सी स्याङ्गजा फर्किनु पर्ने भएकाले दुई चार दिनमै पैसा सहित मोटरसाइकल लिएर आउने बहाना बनाएर त्यहाँबाट उम्किए । पंकज गाउँ पुगिसकेपछि पनि साथीहरु संगै सरसापटी गरी एकपटक दश हजार रुपैयाँ तिमिल्सिनालाई पठाएको आफन्त गिरीको दाबी छ । यता तिमिल्सिनाले पटक-पटक सम्पर्क गर्दा पनि पंकज सम्पर्कमा नआएपछि उनले वडा प्रहरी कार्यालय वैदाममा पंकज र आफ्नो मोटरसाइकलको खोजी गरिदिन आग्रह गर्दै निवेदन दिए ।
पंकज बेखबर बनेपछि उनका अंकल सरोज गिरीले पनि जिल्ला प्रहरी कास्कीमा पंकजको खोजी गरिदिन निवेदन दिइसकेका थिए ।
घरबाट पोखराका लागि हिंडेका थिए पंकज
परिवार स्रोतका अनुसार गएको असार १८ गते पंकज घरबाट मोटरसाइकल लिएर पोखरा जान हिंडेका थिए । घरबाट बाडखोलासम्म आउँदा बिभिन्न साथीहरुको सम्पर्कमा रहेका उनी त्यसपछि भने एकाएक बेखवर बने । पंकजले बाडखोलाबाट हिंडे भने पश्चात उनको मोवाइलमा सम्पर्क हुन छोडेको साथीहरुलाई उद्दृत गर्दै आफन्त गिरीले बताएका छन ।
क्षतविक्षत अवस्थामा फेला पर्यो मोटरसाइकल, पुष्टी हुन बाँकी
आइतबार साँझ फेदीखोला -२ भालुपहाडस्थित सेती खोलामा फेला परेको मोटरसाइकल बेपत्ता भनिएका पंकजले भाडामा लिएको मोटरसाइकलसंग मिल्दोजुल्दो छ । निलो रङको उक्त बुलेट मोटरसाइकलको दुवै नम्वर प्लेट भने झिकिएको हुँदा पहिचानमा समस्या भएको जिल्ला प्रहरी कार्यालय स्याङ्गजाका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता राजेन्द्र अधिकारीले बताए । यता कास्कीका प्रहरी नायव उपरीक्षक सुवास हमालले भने मोटरसाइकलको इन्जिन र च्यासिस नम्वर भेरिफाइ गर्ने काम भइरहेको हुँदा त्यसपछि मात्र यथार्थ थाहा हुने प्रतिक्रिया दिए ।
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो