स्याङ्जाको भालुपहाडस्थित खोलामा क्षतबिक्षत अवस्थामा बेवारिसे मोटरसाइकल फेला

स्याङ्जाको भालुपहाडस्थित खोलामा क्षतबिक्षत अवस्थामा बेवारिसे मोटरसाइकल फेला

bulet-bike-bhalupahad-1

स्याङ्गजा – स्याङ्गजाको भालुपहाड स्थित सेती खोलामा वेवारिसे अवस्थामा बुलेट मोटरसाइकल फेला परेको छ

फेदिखोला गाउँपालिका वडा नं -२ भालुपहाडको सडकबाट तल सेतीखोलामा निलो/ हरियो रङको बुलेट मोटरसाइकल क्षतबिक्षत अवस्थामा फेला परेको स्याङ्गजाका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता राजेन्द्र अधिकारीले गण्डक न्यूज लाई जानकारी दिए

अधिकारीका अनुसार वेवारिसे छिन्नभिन्न अवस्थामा फेला परेको मोटरसाइकलको नम्वर प्लेट खुल्न सकेको छैन । “मोटरसाइकल कसैले ल्याएर फालेको हो या, अन्य केही कारणले हो, अनुसन्धानका लागि अहिले फेदिखोलाबाट प्रहरीको टोली उक्त स्थानमा गैसकेको छ अधिकारीले भने ।”

मोटरसाइकल भेटिएको स्थान सडकबाट निकै तल र अप्ठेरो स्थानमा भएकाले भोली उज्यालो भएपछि मात्र सत्यतथ्य खुल्ने अधिकारीले जानकारी दिए

तस्विर : हाम्रो आँधिखोला

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ