पोखरा महानगरपालिकामा एकै दिन विहीबार १४ जनामा कोरोना पोजिटिभ रिपोर्ट आयो । गण्डकी प्रदेशमा बिहीबार बिहानमात्रै ३८ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा जसमध्ये १४ जना पोखरा महानगरमा बस्नेहरु हुन् । पोखरा वडा नं. १२ मा १२ जना र वडा नं. २ मा २ जना पुरुषमा कोरोना पुष्टि भएको हो ।
पोखराका संक्रमित सबैजना यसअघिका संक्रमितको सम्पर्कमा आएका व्यक्ति हुन् । जसमध्ये ३ जनामा दोस्रो पटक कोरोना पोजिटिभ रिपोर्ट आएको महानगर श्रोतले जनाउको छ ।
१२ जना अझै पनि महानगरकै क्वारेन्टिनमा छन् । २ जना भने कन्ट्याक्ट ट्रेसिङमा परेकाहरु रहेको बताइएको छ । उनीहरु यसअघि संक्रमण भएका व्यक्तिको प्रत्यक्ष सम्पर्कमा रहेकाहरु हुन् । संक्रमण पुष्टि भएकालाई जिल्ला आइसोलेसनमा लगिएको छ ।
स्याङ्जामा आज मात्रै ११ जना भेटिएका छन् । गल्याङमा ८ जना पुष्टि भएकोमा २ जना कुनै पनि ट्राभल हिस्ट्रीबिना संक्रमित पुष्टि भएका छन् । यसबाट समुदाय स्तरमै कोरोना फैलिएको मान्न सकिन्छ । स्याङजाकै पुतलीबजार नगरपालिका, विरुवा गाउँपालिका र भीरकोट नगरपालिकामा १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । गल्याङमा २ जना महिला हुन् भने अरु सबै जिल्लाका संक्रमित पुरुष हुन् ।
बागलुङमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि हुनेमा काठेखोला गाउँपालिकाका २ जना, बागलुङ नगरपालिकाका एक जना, जैमिनी नगरपालिकाका एक जना र बडिगार्ड गाउँपालिकाका २ जना छन् । सबै पुरुष हुन् ।
त्यस्तै, तनहुँका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तनहुँको ऋषिङ गाउँपालिकाका १ जना पुरुष र ब्यास नगरपालिकाका २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । बौदीकाली, नवलपुरका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । लमजुङ वेशीशहरका ३ जना पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।
यो सँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १ हजार ४७९ पुगेको छ । जसमध्ये १ हजार २ सय ३० जना निको भई घर फर्किसकेका छन् । प्रदेशभरिमा ४ जना संक्रमितको मृत्यु भएको छ ।

सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो