[अर्काइभ १२ माघ २०७६] राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही पोखरामा एक लाख नगद पुरस्कारसहित सम्मानित भएकी छन् । पोखरा ३ नदिपुर स्थित प्रतिभा माध्यमिक विद्यालयले नेपाली खेलक्षेत्रमा शाहीले पु¥याएको योगदानको कदरस्वरुप शाहीलाई पोखरामा एक समारोहकाबीच सम्मान गरेका जनाएको छ । शाहीकै नेतृत्वमा नेपाली महिला भलिबल टीमले अहिलेसम्मकै उच्च प्रदर्शनका साथ हालै सम्पन्न साग गेममा रजत पदक जितेको थियो । पोखरा महानगर प्रमुख मानबहादुर जिसीले शाहीलाई विद्यालयको तर्फबाट एक लाखसहित प्रशंसापत्र र दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।
विद्यालयले हरेक वर्ष गण्डकी प्रदेशभित्रका प्रतिभाशाली युवालाई सम्मान गर्दै आएको छ । यसअघि, अन्तर्राष्ट्रिय स्तरमा समेत आफूलाई स्थापित गरिसकेका नेपाली राष्ट्रिय क्रिकेट खेलाडी सन्दिप लामिछानेलाई सम्मान गरेको थियो । यस्तै, एचआइभी संक्रमित भएर पनि सबैको प्रेरणाका श्रोत बनेका सगरमाथा आरोही गोपाल श्रेष्ठलाई पनि विद्यालयले सम्मान गरिसकेको छ।

कार्यक्रममा प्रमुख अतिथि मेयर जिसीले मुलुकलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने माध्यम नै खेलक्षेत्र भएकाले यस क्षेत्रको उन्नयनमा सघाउ पु¥याउने उद्देश्यले विद्यालयले हरेक वर्ष यसरी आकर्षक नगदसहित सम्मान गर्नु प्रशंसनीय रहेको बताए । यो सम्मानले युवालाई उत्कृष्ट कार्यमा अगाडि बढ्न प्रेरित गरेको उनको भनाई छ । प्रतिभा माविको जनशक्तिले नेपालका विभिन्न क्षेत्रमा प्राप्त गरेको सफलताले उत्साहित बनाएको उल्लेख गरे ।
नेपाल भलिबल संघका उपाध्यक्ष यामबहादुर गुरुङले नेपाली महिला भलिबलले देशकै प्रतिष्ठा बढाएको उल्लेख गर्दै यसरी खेलाडीलाई सम्मान हुँदा थप उर्जा मिल्ने बताए । सम्मान ग्रहणपछि शाहीले सम्मानबाट आफूलाई हर्षित बनाएको बताईन् । उनले विद्यार्थीलाई पहिलो प्राथमिकता पढाईलाई दिएर आफ्नो रोजाईको खेललाई पनि सँगसँगै अघि बढाए शारीरिक तथा मानसिक रुपमा पनि सशक्त बन्ने बताईन् ।
विद्यालयले दुई दिनसम्म विद्यार्थी र अभिभावहरुलाई उत्प्रेरणात्मक अभिमुखीकरण कार्यक्रम गरेको छ । अग्रज प्रशिक्षक रविन कटवाल र दृष्टिविहीन सृष्टि केसीले सहजीकरण गरेको प्राचार्य विश्वगोपाल पराजुलीले जानकारी दिए ।
कार्यक्रममा हिसान कप कास्कीमा बास्केटबलमा प्रथम बनाउन सफल प्रशिक्षक हेमन्त गुरुङ र भलिबलमा तृतीय स्थानमा ल्याउन सफल प्रशिक्षक तेजेन्द्र बानियाँलाई पनि विद्यालयले नगदसहित सम्मान गरेको थियो ।
सोहि अवसरमा पहिलो प्रयासमै त्रिभुवन विश्वविद्यालय टिचिङ शिक्षण अस्पतालमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल विद्यालयकी पूर्वछात्रा सुमिना गुरुङलाई ५० हजार नगदसहित सम्मान गरिएको प्लस टु कार्यक्रम संयोजक किरण सापकोटाले जानकारी दिए ।
कार्यक्रमको समापनको अवसरमा विद्याललय सञ्चालक समितिका अध्यक्ष नारायण पौडेलले उच्च प्रतिभाको मूल्यांकन गर्दै सम्मानलाई निरन्तरता दिने बताए । विद्यालयले गत साउनमा कक्षा १२ को परीक्षामा नेपालभरमै सर्वोत्कृष्ट जिपिए ल्याउने मध्ये एक आफ्नी छात्रा शुरती पाण्डेलाई डेढ लाख नगदसहित सम्मान गरेको थियो ।
सम्बन्धित खबर
६२ वर्षपछि श्रेष्ठले पाए जग्गाको एक करोड रुपैयाँ मुआब्जा
लैङ्गिक हिंसा विरुद्धको कविता प्रतियोगितामा स्मारिका प्रथम
पुतलीबजारमा अब निःशुल्क मधुमेह तथा रक्तचाप परीक्षण सुविधा
रणविर जनहित माविमा संस्कार शिक्षा सुरु
निर्धारित समयमा चुनाव आजको आवश्यकता : नेता नारायणकाजी श्रेष्ठ
बुढीगण्डकी जलविद्युत् आयोजनाको काम छिटो सक्न पहल गर्छौं: मुख्यमन्त्री पाण्डे
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला