कास्कीको पोखरासहित गण्डकी प्रदेशका थप २४ जनामा कोरोना पुष्टि, कुल ३४८ पुग्यो

कास्कीको पोखरासहित गण्डकी प्रदेशका थप २४ जनामा कोरोना पुष्टि, कुल ३४८ पुग्यो

Corona update 1

कास्कीको पोखरासहित गण्डकी प्रदेशका थप २४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३४८ पुग्यो

पोखरा । गण्डकी प्रदेशका थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार बिहान स्वास्थ्य निर्देशनालय गण्डकीले जारी गरेकी प्रेस विज्ञप्तिमा गण्डकी प्रदेशको ४ जिल्लाका थप २४ जना नयाँ कोरोना संक्रमित थपिएको जनाइएको छ ।

सो विज्ञप्तिमा कास्की सहित बागलुङ, नवलपुर र स्याङ्जामा नयाँ संक्रमित थपिएको बताइएको छ ।

कास्कीमा ६ जना, बाग्लुङमा १४ जना, नवलपुरमा २ र स्याङ्जामा २ जना नयाँ संक्रमित थपिएका हुन ।

कास्कीको पोखरा महानगरपालिकाका ५ जना र रुपा गाउँपालिकाका १ जना रहेका छ ।

योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३४८ पुगेको छ ।

शुक्रबारका संक्रमित सबैजना भारतबाट फर्किएर सम्बन्धित पालिकाको क्वारेन्टाइनमा रहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

उनीहरु सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भईरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ