दमौलीबाट मानुङकोट जादैं गरेको ट्याक्टर दुर्घटना: चालकसहित १३ जना घाइते

दमौलीबाट मानुङकोट जादैं गरेको ट्याक्टर दुर्घटना: चालकसहित १३ जना घाइते

Tactor Accident

फाईल फोटो

तनहुँ । तनहुँको व्यास-५ अलैचेमा ट्याक्टर दुर्घटना भएको छ । सोमबार व्यास-५ चापाघाट, दमौलीबाट मानुङकोट जादैं गरेको ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

उक्त दुर्घटनामा परी ट्याक्टर चालकसहित १३ घाइते भएका छन । घाइते मध्ये ३ जना घाइतेको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी नवराज तिमिल्सिनाले जानकारी दिए ।

दुर्घटनामा परि घाइते भएकाको दमौली अस्पतालमा उपचार हुँदै ।

उनले भने ‘घाइतेको अवस्था गम्भिर भएकाले थप उपचारका लागि पोखरा पठाइएको छ ।’ पोखरा स्थित मेट्रोसिटि अस्पतालमा ३ जना गम्भीर घाइतेको उपचार हुँदैछ ।

अन्य १० जना घाइतेको दमौली स्थित दमौली अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । नयाँ ट्याक्टर (अन टेष्ट) का रुपमा रहेकाले नम्बर नभएको प्रहरीले जनाएको छ ।

तस्बिर : विकास खनाल

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ