स्वतन्त्र पोखरेली समूहले सरकारको विरोधमा विहीबार पूर्वान्ह प्रदर्शन ग¥यो । जिल्ला प्रशासन कार्यालय, कास्की नजिकै सहिद चोकमा बिहीबार बिहान ११ बजेदेखि प्रदर्शन सुरु भएको थियो । शान्तिपूर्ण रुपमै प्रदर्शन जारी थियो । उनीहरुले १ घण्टा प्रदर्शन गर्ने कार्यक्रम तय गरेका थिए । तर, अन्तिम समयमा उच्छृंखल भिड नजिकै आयो । अराजक नाराबाजीका साथ अघि बढ्यो । मौन रुपमा प्रदर्शनमा उत्रेका प्रदर्शनकारीहरुलाई प्रहरीले अवरोध गरेको थिएन । तर, उच्छृंखल जत्था अराजक तरिकाले नाराबाजीमा उत्रिएपछि प्रहरीले भिड तितरवितर बनाउन बल प्रयोग गर्न बाध्य बन्यो ।
प्रमुख प्रतिपक्षी नेपाली काँग्रस निकट विद्यार्थीहरुले प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरुद्ध नाराबाजी गर्न थाले । ‘केपी … देश छोड’, ‘अनपढ स्वास्थ्यमन्त्री राजिनामा दे’ लगायतका नारा लगाएर शान्तिपूर्वक प्रदर्शनमा उत्रेका समूहरुलाई पनि उनीहरुले बिथोले ।
सयौंको संख्यामा उपस्थित भएका उनीहरुलाई रोक्ने क्रममा सामान्य झडपको अवस्था सिर्जना भयो । युवालाई रोक्न खोज्दा प्रहरी र आन्दोलनकारीबीच सामान्य झडप भएको कास्कीका प्रहरी प्रवक्ता ईन्स्पेक्टर नरहरि अधिकारीले गण्डकन्यूजलाई जानकारी दिए । उनले हुलहुज्जतको अवस्था आएको र बोत्तल, ढुंगा समेत प्रहार गर्न थालेपछि दुई जना नियन्त्रणमा लिइएको पुष्टि गरेका छन् ।
पक्राउ पर्नेमा बिमलबहादुर पहारी र प्रेमबहादुर केसी रहेका छन् । पहारी पोखरा महानगरपालिका वडा नं. ६ का वडा अध्यक्ष जगतबहादुर पहारीका छोरा हुन् । पहारी नेपाली काँग्रेस पार्टीबाट स्थानिय तह निर्वाचनमा विजयी भएका थिए । जानकारका अनुसार केसी नेपाल विद्यार्थी संघसँग आबद्ध छन् । वडा प्रहरी कार्यालय बैदामको हिरासतमा उनीहरु छन् । कार्यालयका प्रमुख डिएसपी यादव ढकालले अनुसन्धानकै क्रममा रहेकाले दुवै जनालाई नछाडिएको जनाएका छन् ।
‘शान्तिपूर्ण विरोध प्रदर्शनको कार्यक्रममा हाम्रो बल प्रयोग होइन, आयोजककै भावना विपरित अर्को समूह आए । उनीहरुले तनाव निम्त्याउन थाल्यो र ढुंगा बोत्तल प्रहार गर्नेलाई पक्राउ गरेका हौं ।’ प्रवक्ता अधिकारीले भने ।
नेपाल विद्यार्थी संघ, कास्कीले भने अहिलेसम्म केही बोलेको छैन । आयोजकका तर्फबाट विज्ञप्ती मार्फत आफूहरुको प्रदर्शनका क्रममा राजनीतिक दल आबद्ध युवाहरु प्रवेश गरी यस्तो क्रियाकलाप गरेकोमा निन्दा गरिएको छ ।
https://www.facebook.com/gandaknews/videos/628070714583423/
यो पनि पढ्नुहोस्ः
पोखरामा युवाहरुको प्रदर्शनः स्वतन्त्र युवाको शान्तिपूर्ण, ‘उच्छृंखल समूह’ छिरेपछि उग्र (भिडियो/फोटो)
सम्बन्धित खबर
र्याफ्टिङमा पोखराको अपर सेतीमा पर्यटकको आकर्षण
पोखरा–दुबई उडानको एक वर्षको टिकट बुकिङ खुला
पोखरा बस दुर्घटनाको छानबिन गर्न महानगरले बनायो समिति
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
गण्डकी प्रदेश प्रमुख भट्ट समक्ष अख्तियारको प्रतिवेदन पेस
नवप्रवर्तन र प्रविधिमैत्री शिक्षाका लागि एसओएस गण्डकी र एआईसीएनबीच सहकार्य
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन
स्याङ्जामा ४७ वर्षीय पुरुष मृत फेला