पोखरा । नवलपुरमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भए छ ।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को कावासोती नगरपालिका ठेगाना भई सोहि नगरपालिका स्थित क्वारेन्टाइनमा रहेका वर्ष २२ र ३६ का २ जना पुरुषहरुमा कोरोना संक्रमण भएको होब।
त्यस्तै सोहि नवलपुरकै बिनयत्रिवेणी गाउँपालिका ठेगाना भइ हाल सोहि नगरपालिका स्थित क्वारेन्टाइनमा रहेका वर्ष १४ का १ जना पुरुषमा समेत कोरोना संक्रमणको पुष्टि भएको छ स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।
सोमबार बिहान स्वास्थ्य निर्देशनालयले जारी गरेको प्रेस विज्ञप्तिमा सो कुरा जनाएको छ ।
तीनै जना कोरोना संक्रमितहरुलाई अहिले नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को जिल्ला अस्पताल लैजाने तयारी भैरहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा. विनोद बिन्दु शर्माले बताए ।
आइतबार मात्रै तनहुँको ऋषिङका वर्ष २८ का १ जना पुरुष र स्याङ्जामा दुइ जनामा कोरोना संक्रमण देखिएको थियो । स्याङ्जाको गल्याङ क्वारेनटाइनमा रहेका २७ र ४० वर्षा दुइजना पुरुषमा कोरोना देखिएको थियो ।
गण्डकीको बाग्लुङ्गमा ६ जना पुरुष र २ महिला गरि कुल ८ जना, स्याङ्गजामा ६ पुरुष र १ महिला गरि कुल ७ जना, म्याग्दीमा १ पुरुष, नवलपरासी बर्दघाट सुस्ता पूर्वमा (नवलपुरमा) ८ पुरुष र १ महिला गरि कुल ९ जना, लमजुङका १ जना र तनहुँका १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
नवलपुरमा सोमबार थप ३ जना कोरोना संक्रमित थपिए संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २७ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।
बागलुङका २ जना भने निको भएर घर फर्किसकेका छन ।

सम्बन्धित खबर
म्याग्दीमा विश्वशान्तिको कामना गर्दै दुई करोड ५० लाख दीप प्रज्वलन
सामूहिक प्रयासले फेरियो स्वरेक कोट कालिकाको रूप
वालिङको सामुदायिक विद्यालयले सुरु गर्यो केराखेती
स्याङ्जामा ४ हजारभन्दा बढी विद्यार्थी एसईईमा, केन्द्र संख्या घट्यो
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
सहज सेवाप्रवाह गरेर कर्मचारीतन्त्रले नागरिकको मन जित्न सक्नुपर्छः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष