किरण श्रेष्ठ, तनहुँ । तनहुँमा एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ निर्देशनालय गण्डकीका अनुसार ऋषिङ गाउँपालिकाका २८ वर्षीय पुरुषमा कोरोना देखिएको हो ।
तनहुँ जिल्लामा पहिलोपटक कोरोना संक्रमण पुष्टि भएको हो ।
गत जेठ १० गते भारतबाट आएका उनि व्यास नगरपालिकाले व्यास-१ स्थित आदिकवि भानुभक्त क्याम्पसमा तयार गरेको क्वारेनटाइनमा बसेका छन् । व्यास नगरपालिकाले बनाएको उक्त क्वारेन्टाइनमा उनिसंगै ९८ जना बस्दै आएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
ती पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए ।
तीन दिन अगाडि थ्रोट स्वाब नमुना संकलन गरी परीक्षणका लागि पठाइएकोमा उनको आज अइतबार बिहान आएको रिपोर्टमा पोजेटिभ देखिएको हो ।
जिल्लामा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएका व्यक्तिको अवस्था सामान्य भएको र उनलाई सुरक्षित रुपमा आइसोलेसनमा राख्ने तयारी भएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले बताए ।
ऋषिङ गाउँपालिकाबाट नजिकको पालिका व्यास नगरपालिका भएपनि व्यासले क्रियापुत्री भवनमा बनाएको आइसोलेसनलाई क्वारेन्टाइनमा परिमार्जन गरेपछि व्यास नगरपालिकामा अहिले आइसोलेसन कक्ष छैन ।
त्यस्तै, गण्डकी प्रदेशका स्याङ्जामा दुइ जनामा कोरोना संक्रमण देखिएको छ । स्याङ्जाको गल्याङ क्वारेनटाइनमा रहेका २७ र ४० वर्षा दुइजना पुरुषमा कोरोना देखिएको हो ।
गण्डकीको बाग्लुङ्गमा ६ जना पुरुष र २ महिला, स्याङ्गजामा ६ पुरुष र १ महिला, म्याग्दीमा १ पुरुष, नवलपरासी बर्दघाट सुस्ता पूर्वमा ५ पुरुष र १ महिला, लमजुङ्गमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेशमा यो सँगै २४ जनामा कोरोना देखिएको छ ।
गण्डकी प्रदेशमा अहिलेसम्म ३१९५ जनाको पीसीआर परीक्षण गरिएको छ । जसमध्ये २९०७ जनाको रिपोर्ट नेगेटिभ आएको छ । २६८ जनाको नतिजा आउन बाँकी रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
सम्बन्धित खबर
नेपाली सिनेमाको विकासको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
सामूहिक आलुखेतीमा जुट्दै स्याङ्जाका किसान
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो