पूर्वी नवलपरासीको देवचुलीमा एक जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २४६ पुग्यो

पूर्वी नवलपरासीको देवचुलीमा एक जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २४६ पुग्यो

Corona Positive Kit

पोखरा । पूर्वी नवलपरासीका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा देवचुली नगरपालिका–१२ का ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २४६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आजै काठमाडौं र कपिलबस्तुमा पनि दुई जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसअघि मन्त्रालयले संक्रमितको संख्या २ सय ५० पुगेको बताए पनि पछि सच्याएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ