तनहुँ । नेपाल विद्यार्थी संघ (नेविसंघ) तनहुँले सरकारले ल्याएका दुई अध्यादेश फिर्ता गर्न माग गर्दै शुक्रबार विरोध प्रदर्शन गरेको छ ।
तनहुँको दमौली, भानुको बाइसजागर लगाएतका स्थानमा विरोध प्रदर्शन गरिएको छ । अध्यादेश खारेज गर्नुपर्ने माग गर्दै नेविसंघ तनहुँले दमौली स्थित मुख्यचोकमा प्लेकार्ड प्रदर्शन गरेको थियो ।

उक्त विरोध प्रर्दशन नेतृत्वमा नेविसंघका पूर्व सह-महामन्त्री लक्ष्मीभक्त खनालले गरेका थिए । स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता छानविनको समेत माग गर्दै उक्त विरोध गरेको नेविसंघ तनहुँले जनाएको छ ।
सरकारको स्वेच्छाचारिता, भ्रष्टाचार र निरंकुश चरित्रविरुद्ध कोभिड-१९ को जोखिमलाई ख्याल गर्दै सामाजिक दुरी कायम गरेर विरोध प्रदर्शन गरिएको पूर्व सह-महामन्त्री खनालले बताए ।

अध्यादेश फिर्ता र स्वास्थ्य सामग्री खरिदमा अनियमितता छानबिनसँगै कोरोनाबाट जोगिन आम नागरिकलाई स्वास्थ्य सामग्री सर्वसुलभ दरमा उपलब्ध गराउन र लकडाउनको मौकामा भइरहेको कालो बजारी तत्काल रोक्न सरकारललाई दबाब दिन प्रदर्शनमा उत्रिनुपरेको उनको भनाइ छ ।
सरकारले माग सम्बोधन नगरे प्रदेश र जिल्ला केन्द्रित आन्दोलनलाई लकडाउनकैबीच निरन्तरता दिने उनले बताए ।

काठमाडौं उपत्यकासहित देशैभर पाँच/पाँचजना जम्मा भएर विरोध प्रदर्शन गरिएको नेविसंघका महामन्त्री दीपक भट्टराईले जानकारी दिए ।
सरकारले हालै मात्र राजनीतिक दल विभाजन खुकुलो बनाउने र प्रतिपक्षी दलको नेता उपस्थित नहुँदा पनि बैठक बसी निर्णय गरन् सक्ने गरी संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएको छ ।

कोरोना महामारी रोकथाम गर्नु पर्नेबेलामा देशमा अस्थिरता ल्याउन अधिनायकवादउन्मुख भएर विधेयक ल्याइएकोले विरोध प्रदर्शन गरिएको नेविसंघले जनाएको छ ।
सरकारले तत्काल तत्काल अध्यादेश फिर्ता नगरे देशैभर आन्दोलनलाई निरन्तरता दिने महामन्त्री भट्टराईले जानकारी ।
सम्बन्धित खबर
बाढीबाट भएको जनधनको अकल्पनीय क्षतिप्रति प्रदेश प्रमुख भट्टद्वारा दुःख व्यक्त
स्याङ्जाका चार पालिकामा आज सार्वजनिक बिदा
पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता
अर्जुनचौपारीमा सञ्चालनमा आयो दुग्ध चिस्यान केन्द्र
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
स्याङ्जा जिप दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो, घाइतेको संख्या १७ पुग्यो
यो पनि पढौँ
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन