कैलालीमा ६५ वर्षीया महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि

कैलालीमा ६५ वर्षीया महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि

कैलाली । कैलालीको लम्की चुहा नगरपालिका–१ मा एक ६५ वर्षीया महिलामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । महिला लम्की वहुमुखी क्याम्पसको करेन्टाइनमा बस्दै आएकी थिइन् ।

र्यापिड टेस्ट गर्दा सो महिलामा कोरोना पोजिटिभ देखिएपछि पीसीआर मेसिनबाट थप परीक्षणका लागि एम्बुलेन्सबाट सेती प्रादेशिक अस्पतालमा पठाइएको टीकापुर अस्पतालका व्यवस्थापन समितीका अध्यक्षय दीपक रावलले जानकारी दिए ।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार पीसीआर प्रविधिबाट उनमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।

यसअघि कैलालीमा २१ वर्षीय युवामा पनि कोरोनाभाइरसको संक्रमण पुष्टि भइसकेको छ । पुष्टि भएका युवा पनि लम्की चुहा नगरपालिकाका नै हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds