पोखरा । पोखराको फुस्रे खोलामा पौडी खेल्ने क्रममा डुबेर एक युवतीको मृत्यु भएको छ । पोखरा महानगर २२ को खाल्से चिसापानीको फुस्रे खोलामा पौडी खेल्ने क्रममा डुबेर काभ्रेकोे धुलिखेल नगरपालिकाकी २५ वर्षीया अनु भण्डारीको ज्यान गएको वडा प्रहरी कार्यालय बैदामका डिएसपी कोमल शाहले पुष्टि गरे ।
घुम्नका लागि अनुसहित करिब १० जनाको टोली भक्तपुरबाट पोखरा आएको डिएसपी शाहले बताए । ‘१० जनाको टोली पोखरा आएको भन्ने बुझिएको छ, हामीले अनुसन्धान गरिरहेका छौं,’ उनले भने । मृतक भण्डारीसहित उनका केही साथी मंगलबार दिउँसो १ बजे पौडी खेल्न खोलामा पुगेका थिए । पोखरा घुम्न आएकी भण्डारी डुबेर बेपत्ता भएको खबर पाउना साथ प्रहरी खटिएको थियो । तर उनको सकुशल उद्धार भने हुन सकेन ।
यस्तै, पौडी खेल्ने क्रममै डुबेकी अर्की एक युवती भने बच्न सफल भएकी छन् । भण्डारीसँगै आएकी पनौती नगरपालिकाकी २५ वर्षीया भावना बस्नेतको भने उद्धार गरिएको छ । प्रहरीका अनुसार पौडी खेल्न नजानेका उनीहरु सबै खोलामा पसेका थिए । केहीबेर छेउमा पौडिएपछि गहिरो भाग तर्फ पुग्दा उनीहरु डुबेका थिए । डुबेपछि अनु र भावनालाई उनका अरु साथीले बचाउने प्रयास गरे ।
भावनाको साथीहरुले उनको हात समातेर बचाए । अनु भने खोलामा रहेको जालीमा अड्किएकी थिइन् । पछि प्रहरीले अनुलाई खोलाबाट निकालेको थियो । उनको शव अहिले पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । यस्तै, बस्नेतको अहिले पोखरा १७ बिरौटास्थित नमस्ते अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ ।
तस्विर: लिलाधर पौडेल
न्यूजः अनुप पौडेल बिगखबर डटकम
सम्बन्धित खबर
२६औँ आहा ! रारा पोखरा गोल्डकप माघ ५ गतेदेखि
र्याफ्टिङमा पोखराको अपर सेतीमा पर्यटकको आकर्षण
पोखरा–दुबई उडानको एक वर्षको टिकट बुकिङ खुला
पोखरा बस दुर्घटनाको छानबिन गर्न महानगरले बनायो समिति
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
गण्डकी प्रदेश प्रमुख भट्ट समक्ष अख्तियारको प्रतिवेदन पेस
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते