पोखरा । पोखराको दुई ठाउँमा आज सडक भासिएको छ । पोखरा १, मोहोरिया टोल र नयाँ एयरपोर्ट नजिकैबाट फलेपाटन जाने सडकमै भ्वाङ परेको हो । यसअघि, व्यस्त चोक चिप्लेढुंगामै सडक भासिएको थियो । पोखरामा ठाउँठाउँमा यस्तो समस्या देखिरहेको छ ।
पोखरा–१ विन्ध्यवासिनी नजिक रहेको मोहोरिया टोलमा बिहान ११ बजेतिर सडक भासियो । गुडिरहेको मोटरसाइकल पछाडिको टायर तल भासिँदै गएपछि केहि समयमा प्वाल परेको हो । त्यसपछि स्थानीयले स्थानीयले प्रहरी, महानगर र खानेपानी संस्थालाई जानकारी गराएका थिए । सूचना प्राप्त गरेपछि पुगेको ईञ्जिनियर टोलीले हेर्दा भित्र ठूलो क्षेत्र खाली रहेको पाएका थिए ।
https://www.facebook.com/gandaknews/videos/2346837405577231/
सडक माथि करिब आधा मिटर क्षेत्रमा प्वाल देखिएको थिए । डोजर ल्याएर भासिएको खाडल खन्दा पुरानो खानेपानीको पाइपबाट पानी लिक भएको र पानीकै कारण भासिएको स्थानीयले बताएका छन् । भासिएको सडक हेर्न सर्वसाधारणको भिड लागेको थियो । डोजरले खनि माटो ल्याइ पुरेका स्थानीयले बताए ।
यस्तै, पोखरामा नयाँ बन्दै गरेको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल नजिकैबाट फलेपाटन जाने सडक पनि भासिएको छ । आज विहीबार दिउँसो ३ बजेतिर भासिएको स्थानीयले जनाएका छन् । पोखरामा जमिन भासिएपनि कुनै मानवीय क्षति भने भएको छैन । बाटो भासिएर सुरुङ बनेको छ । हेर्ने मान्छेको भिड लागेको थियो ।
https://www.facebook.com/gandaknews/videos/1338887272927124/
पोखराको चिप्लेढुङ्गामा जेठ ३२ गते सडक भासिएको थियो ।
http://gandaknews.com/chipledhunga-2/
http://gandaknews.com/pokhara-bwang/
सम्बन्धित खबर
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
गण्डकी प्रदेशस्तरीय ह्याण्डबलमा कास्कीलाई दोहोरो उपाधि
रास्वपाको पोखरामा फागुन १० गते तयारी गरिएको सभा अचानक स्थगित
कास्की–२ का उम्मेदवारबीच जेसीज ‘ककस’ हुँदै
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस