भासिएको चिप्लेढुंगा चोकको सडकको भ्वाङको अवस्था हेर्न जेसिबी डोजर

भासिएको चिप्लेढुंगा चोकको सडकको भ्वाङको अवस्था हेर्न जेसिबी डोजर

chiple vwang (1)

पोखराको मुख्य क्षेत्र चिप्लेढुंगा स्थित बिपी चोक नेरकै सडक भासियो । उसो त पोखराको जमिन कुन बेला भासिने हो ? पत्तो छैन भन्ने पोखरेलीहरुको मनमा यस अवस्थाले चिसो पस्यो । चोकको बीच सडकमा शनिबार बिहान साढे ११ बजे भ्वाङ परेको हो ।

सडक माथि करिब आधा मिटर प्वाल देखिए पनि भित्र बढी भासिएको हुनसक्ने अनुमान गर्दै जेसिबी नै ल्याएर प्वाल वरपर खाल्डो पारिएको छ । त्यसको अवस्था हेरेर पुर्ने तयारी गरिएको छ । अहिले उक्त सडकमा प्वाल परेको छेउबाट सवारी संचालन गरिएको छ ।

शुक्रबार यो क्षेत्रमा ठूलो वर्षा भएको थियो । दुई वर्ष अघि पनि चिप्लेढुंगा नजिकैको गैरापाटनमा पनि जमिन भासिएको थियो । गत वर्ष जिरो किलोमिटरमा गाडी नै खाल्डोबाट आधा पसेको थियो । न्यूरोड लगायतका क्षेत्रमा पनि भ्वाङ पर्ने गरेको छ ।

तस्विरः सामाजिक सञ्जालबाट

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ