पोखरा : दाह्री ग्याङ पोखरा र नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीको संयुक्त आयोजनामा पोखरामा आइतबार गरिएको रक्तदान कार्यक्रममा १२० युनिट रगत संकलन भएको छ ।
पोखरामा दाह्री ग्याङ स्थापना भएपछि यो चौथो रक्तदान कार्यक्रम हो । वार्षिक रुपमा दाह्री ग्याङले रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ ।
हेर्नुहोस्:
पहिलो वर्षः पोखरामा दाह्री ग्याङको रक्तदानमा १०३ युनिट संकलन (फोटो फिचर)
दोस्रो वर्षः दोहोरो धर्मः ‘मन्दिरमा पूजाआराधाना, गेटमा रक्तदान’, १६५ युनिट संकलन(फोटो फिचर)
तेस्रो वर्षः पोखराका दाह्री युवाहरुको ‘युवा दिवस’ मा गज्जब कार्यक्रम, २०१ युनिट रक्त संकलन (फोटो फिचर)
नेपाल रेडक्रस सोसाइटी, क्षेत्रीय रक्तसञ्चार सेवा केन्द्र कास्कीको विशेष अनुरोधमा गरिएको रक्तदान कार्यक्रमबाट १२० युनिट रगत संकलन भएको हो ।
संयोजक बसन्त पहारीका अनुसार पहिलो रक्तदाता जगदीश पौडेललाई ब्लड ब्याग हस्तान्तरण गर्दै रक्तदान कार्यक्रमको शुभारम्भ भएको थियो । पोखरा महानगरपालिका वडा नं. ९ का वडा अध्यक्ष रामराज लामिछानेको प्रमुख आतिथ्यतामा गरिएको कार्यक्रममा दारी ग्याङ पोखराका संस्थापक संयोजक शेखर गौतम, नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीका उपाध्यक्ष जितेन्द्र मान शाक्य, बसन्त विनोद, रञ्जन अधिकारी क्षेत्री, दिवस गुरुङ लगायतले मन्तव्य राखेका थिए ।
उक्त अवसरमा नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीका अध्यक्ष तिर्थ राज अवस्थीले ५७ औ पटक रक्तदान गरे । यस्तै, बसन्त विनोदले ३७ औ पटक रक्तदान गरेका छन् । अवस्थीले स्वागत गरेको कार्यक्रममा पहिलो रक्तदाताको सक्रियता सहभागिताका साथै महिला दिदीबहिनीहरुको समेत सहभागिता रहेको कार्यक्रम संयोजक समेत रहेका पहारीले बताए । कार्यक्रमको सञ्चालन बिरेन्द्र पराजुली र विक्रम पाण्डेले गरेका थिए ।







सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु