पोखरामा दाह्री ग्याङ र स्वयंसेवी रक्तदाताको रक्तदान कार्यक्रम: १२० युनिट संकलन (फोटो फिचर)

पोखरामा दाह्री ग्याङ र स्वयंसेवी रक्तदाताको रक्तदान कार्यक्रम: १२० युनिट संकलन (फोटो फिचर)

60909418_1174307019439859_8335404663851450368_n

पोखरा : दाह्री ग्याङ पोखरा र नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीको संयुक्त आयोजनामा पोखरामा आइतबार गरिएको रक्तदान कार्यक्रममा १२० युनिट रगत संकलन भएको छ ।

पोखरामा दाह्री ग्याङ स्थापना भएपछि यो चौथो रक्तदान कार्यक्रम हो । वार्षिक रुपमा दाह्री ग्याङले रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ ।

हेर्नुहोस्: 

पहिलो वर्षः  पोखरामा दाह्री ग्याङको रक्तदानमा १०३ युनिट संकलन (फोटो फिचर)

दोस्रो वर्षः दोहोरो धर्मः ‘मन्दिरमा पूजाआराधाना, गेटमा रक्तदान’, १६५ युनिट संकलन(फोटो फिचर)

तेस्रो वर्षः  पोखराका दाह्री युवाहरुको ‘युवा दिवस’ मा गज्जब कार्यक्रम, २०१ युनिट रक्त संकलन (फोटो फिचर)

नेपाल रेडक्रस सोसाइटी, क्षेत्रीय रक्तसञ्चार सेवा केन्द्र कास्कीको विशेष अनुरोधमा गरिएको रक्तदान कार्यक्रमबाट १२० युनिट रगत संकलन भएको हो ।

संयोजक बसन्त पहारीका अनुसार पहिलो रक्तदाता जगदीश पौडेललाई ब्लड ब्याग हस्तान्तरण गर्दै रक्तदान कार्यक्रमको शुभारम्भ भएको थियो ।  पोखरा महानगरपालिका वडा नं. ९ का वडा अध्यक्ष रामराज लामिछानेको प्रमुख आतिथ्यतामा गरिएको कार्यक्रममा दारी ग्याङ पोखराका संस्थापक संयोजक शेखर गौतम, नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीका उपाध्यक्ष जितेन्द्र मान शाक्य, बसन्त विनोद, रञ्जन अधिकारी क्षेत्री, दिवस गुरुङ लगायतले मन्तव्य राखेका थिए ।

उक्त अवसरमा नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीका अध्यक्ष तिर्थ राज अवस्थीले ५७ औ पटक रक्तदान गरे । यस्तै, बसन्त विनोदले ३७ औ पटक रक्तदान गरेका छन् । अवस्थीले स्वागत गरेको कार्यक्रममा पहिलो रक्तदाताको सक्रियता सहभागिताका साथै महिला दिदीबहिनीहरुको समेत सहभागिता रहेको कार्यक्रम संयोजक समेत रहेका पहारीले बताए । कार्यक्रमको सञ्चालन बिरेन्द्र पराजुली र विक्रम पाण्डेले गरेका थिए ।

 

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds