पोखरा । गत वर्ष भारतको सोनी च्यानलबाट प्रसारित सुपर डान्स सिजन टुका फाइनालिस्ट आकाश थापा पोखराको प्रतिभामा आफ्नो प्रतिभा देखाउन शुक्रबार आए ।
पोखरा नदिपुर स्थित प्रतिभा माविले वार्षिक कार्यतालिका अनुसार खुल्ला प्रतिभा प्रस्फुटन प्रतियोगिताका अवसरमा बुटवलका थापालाई पोखरा निम्त्याएको हो । प्रतिभाले यसअघि युवा क्रिकेट स्टार सन्दिप लामिछानेलाई समेत आफ्नो विद्यार्थीमाझ प्रस्तुत गरिसकेको छ । सो कार्यक्रममा थापाले नेपाली तथा हिन्दी गीतहरुमा आफ्नो नृत्य प्रस्तुत गर्दा विद्यार्थीहरुले हुटिङका साथ हौस्याए ।

प्रतियोगितामा कक्षा २ देखि कक्षा १० सम्मका करिव ७० समूहले भाग लिएका थिए । कार्यक्रमको उद्घाटन गर्दै विद्यालयका प्रवन्ध निर्देशक बलबहादुर थापाले विद्यार्थीहरुलाई पढाईको अतिरिक्त उनिहरुमा रहेको अन्तरनिहित प्रतिभा पहिचान गर्न यस कार्यक्रमले विषेश भूमिका खेल्ने बताए ।
प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई बधाई तथा अन्य सहभागी विद्यार्थीहरुलाई धन्यवाद व्यब्त गर्दै विद्यालयका प्राचार्य विश्व गोपाल पराजुलीले विद्यालयले आफ्नो वार्षिक कार्यतालिका अनुसार विद्यार्थीहरुलाई कक्षा शिक्षणको साथ साथै अतिरिक्त कृयाकलापका विविध विधामा सहभागी गराएर विद्यार्थीहरुको चौतर्फी विकासमा यस्ता जोड दिने कुरा बताए ।
कार्यक्रममा स्वागत मन्त्व्य राख्दै विद्यालयका सहप्राचार्य प्रदीप खनालले बढि भन्दा बढि विद्यार्थीहरुलाई प्रतियोगितामा सहभागी गराईएको उल्लेख गरे ।
प्रतियोगितामा नृत्य पशिक्षक राहुल थापा, वरिष्ठ संगीतकार श्रीमान थुलुड, मन्टेश्वरी इन्चार्ज पद्मा पराजुलीले निर्णायकको भुमिका निर्वाह गरेका थिए । उक्त अवसरमा अतिरिक्त कृयाकलापमा विभिन्न स्थान ओगट्न सफल विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको अतिरिक्त कृयाकलाप प्रमुख प्रकाश अधिकारीले जानकारी दिए ।

सम्बन्धित खबर
स्याङ्जा–१ मा किरियापुत्रीले गरे मतदान
स्याङ्जाका अस्थायी मतदातालाई केन्द्र तोकियो, कहाँ गएर हाल्ने मत ?
स्याङ्जाका दुवै निर्वाचन क्षेत्रमा तारजाली र सीसीटिभीसहित मतगणना स्थल तयार
मुस्ताङमा ५ लाख नगदसहित कांग्रेस नेताको गाडी नियन्त्रणमा
स्याङ्जाका सबै मतदान केन्द्रमा पुर्याइयो निर्वाचन सामग्री
मौन अवधि आज रातिदेखि, प्रचारमा कडाइ
यो पनि पढौँ
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?