पोखरा । गत वर्ष भारतको सोनी च्यानलबाट प्रसारित सुपर डान्स सिजन टुका फाइनालिस्ट आकाश थापा पोखराको प्रतिभामा आफ्नो प्रतिभा देखाउन शुक्रबार आए ।
पोखरा नदिपुर स्थित प्रतिभा माविले वार्षिक कार्यतालिका अनुसार खुल्ला प्रतिभा प्रस्फुटन प्रतियोगिताका अवसरमा बुटवलका थापालाई पोखरा निम्त्याएको हो । प्रतिभाले यसअघि युवा क्रिकेट स्टार सन्दिप लामिछानेलाई समेत आफ्नो विद्यार्थीमाझ प्रस्तुत गरिसकेको छ । सो कार्यक्रममा थापाले नेपाली तथा हिन्दी गीतहरुमा आफ्नो नृत्य प्रस्तुत गर्दा विद्यार्थीहरुले हुटिङका साथ हौस्याए ।

प्रतियोगितामा कक्षा २ देखि कक्षा १० सम्मका करिव ७० समूहले भाग लिएका थिए । कार्यक्रमको उद्घाटन गर्दै विद्यालयका प्रवन्ध निर्देशक बलबहादुर थापाले विद्यार्थीहरुलाई पढाईको अतिरिक्त उनिहरुमा रहेको अन्तरनिहित प्रतिभा पहिचान गर्न यस कार्यक्रमले विषेश भूमिका खेल्ने बताए ।
प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई बधाई तथा अन्य सहभागी विद्यार्थीहरुलाई धन्यवाद व्यब्त गर्दै विद्यालयका प्राचार्य विश्व गोपाल पराजुलीले विद्यालयले आफ्नो वार्षिक कार्यतालिका अनुसार विद्यार्थीहरुलाई कक्षा शिक्षणको साथ साथै अतिरिक्त कृयाकलापका विविध विधामा सहभागी गराएर विद्यार्थीहरुको चौतर्फी विकासमा यस्ता जोड दिने कुरा बताए ।
कार्यक्रममा स्वागत मन्त्व्य राख्दै विद्यालयका सहप्राचार्य प्रदीप खनालले बढि भन्दा बढि विद्यार्थीहरुलाई प्रतियोगितामा सहभागी गराईएको उल्लेख गरे ।
प्रतियोगितामा नृत्य पशिक्षक राहुल थापा, वरिष्ठ संगीतकार श्रीमान थुलुड, मन्टेश्वरी इन्चार्ज पद्मा पराजुलीले निर्णायकको भुमिका निर्वाह गरेका थिए । उक्त अवसरमा अतिरिक्त कृयाकलापमा विभिन्न स्थान ओगट्न सफल विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको अतिरिक्त कृयाकलाप प्रमुख प्रकाश अधिकारीले जानकारी दिए ।

सम्बन्धित खबर
६२ वर्षपछि श्रेष्ठले पाए जग्गाको एक करोड रुपैयाँ मुआब्जा
लैङ्गिक हिंसा विरुद्धको कविता प्रतियोगितामा स्मारिका प्रथम
पुतलीबजारमा अब निःशुल्क मधुमेह तथा रक्तचाप परीक्षण सुविधा
रणविर जनहित माविमा संस्कार शिक्षा सुरु
निर्धारित समयमा चुनाव आजको आवश्यकता : नेता नारायणकाजी श्रेष्ठ
बुढीगण्डकी जलविद्युत् आयोजनाको काम छिटो सक्न पहल गर्छौं: मुख्यमन्त्री पाण्डे
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला