गण्डक न्युज पोखरा, ९ चैत /फुस्रे खोलामा फेरि डुबेर फेरि एक जनाले ज्यान गुमाएका छन् । पोखरा १४ सेतीदोभान स्थित फुस्रेखोलामा डुबेर शुक्रबार दिउँसो पर्वत जलजला १ बासखर्क निवासी १८ वर्षीय सन्दिप पुनको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार कामको सिलसिलामा पुन पोखरा आएका थिए । शुक्रबार दिउँसो अन्य दुई साथीहरुसँग पौडी खेल्न गएकोमा पुन दिउँसो साढे १ बजे डुबेका थिए । उनका साथीहरुले पौडी खेल्ने क्रममा एक्कासी डुबेको बताएको प्रहरीले जानकारी दिएको छ ।

जित बहादुर पुनका छोरा सन्दिप डुबेपछि प्रहरी घटनास्थल पुगेको थियो । आफन्त सम्पर्कमा आएपछि पोस्टमार्टमका लागि पुनको शवलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।
फुस्रेखोलामा वर्षेनी धेरैले ज्यान गुमाउँदै आएका छ । प्रहरीले ठाउँ ठाउँमा चेतावनीयुक्त बोर्ड समेत राखेको थियो । फुस्रेखोलामा पौडिँदा ज्यान जानेबारे बेखबर रहेकाहरु पौडी खेल्ने क्रममा यसरी अकालमा ज्यान गुमाउने गरेका छन् ।
गत वर्ष माघ २० गते पनि काठमाण्डौं बुढानिलकण्ठ स्थित भ्याली पब्लिक स्कूलबाट भ्रमणका क्रममा पोखरा आएका बाँसबारीका १६ वर्षीय पेसल घिमिरेले ज्यान गुमाएका थिए ।

सम्बन्धित खबर
८ वर्षदेखि अलपत्र भीरकोटको बसपार्क, भाडाको जग्गामा नगरपालिकाकै निर्माण सामग्री
स्थानीय तह निर्वाचनको घोषणाको तयारी, आयोगले दियो चैत ५ को डेडलाइन
तर्साएर शासन नगर्नू, कांग्रेस रहेसम्म लोकतन्त्र खोस्न सकिँदैन : महामन्त्री पौडेल
प्रकृति र मानव जीवनबीचको सम्बन्ध स्थापित गर्ने पर्व छठः प्रदेश प्रमुख भट्ट
सिक्लेसमा पर्यटकको ओइरो, एकैदिन १ हजार ३८४ पर्यटक पुगे
पोखरामा जिपमा स्कुटर ठोक्किँदा दुई युवाको ज्यान गयो
यो पनि पढौँ
पोखराका विवेक थापा: चलचित्रप्रतिको मोहले व्यवसायीबाट बने फिल्म निर्माता
पोखरामा जिपमा स्कुटर ठोक्किँदा दुई युवाको ज्यान गयो
सिक्लेसमा पर्यटकको ओइरो, एकैदिन १ हजार ३८४ पर्यटक पुगे
भीमफेदी माइक्रो दुर्घटना अपडेट: मृत्यु हुने १४ जनाकै सनाखत, एउटै गाउँका छिमेकी र आफन्त परे